समाचार

दुई दिन विद्युत आपूर्ति अवरुद्ध हुने



काठमाडौँ, १० माघ । पूर्वी पहाडी जिल्लाहरुमा विद्युत प्रसारण लाइनमा समस्या देखिएपछि २ दिन विद्युत आपूर्ति बन्द हुने भएको छ ।

३३ केभी विद्युत प्रसारण लाइनको दुहबी–धरान क्षेत्रमा समस्या देखिएकाले पूर्वका संखुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम र सुनसरी लगायका जिल्लाहरुमा आज र भोली  विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

मर्मतका लागि प्राविधिक टोलीद्धारा काम भइरहेकाले बिहीबार र शुक्रबार दिउँसो १ बजेबाट ६ बजे सम्म विद्युत आपूर्ति बन्द हुने भएको छ ।