काठमाडौँ, ११ माघ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत स्वास्थ्य तथा जनसंख्या सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिले आम नेपाली नागरिकमा स्वास्थ्यमा समान पहुँचको कानुनी प्रावधानलाई कडाइका साथ कार्यन्वयन तथा अनुगमन गर्दै राज्यका सवै स्थानीय तहमा स्वास्थ्य सेवाको विस्तारलाई तिव्रता दिनुपर्नेमा जोड दिएको छ ।
उपसमितिको बिहिवार सिंहदरवारमा बसेको छलफलले हालसम्म उपसमितिले गरेको काम तथा प्रगतिको बारेमा व्यापक छलफल गरेको छ । छलफलमा केन्द्रीय अस्पतालमा नागरिकले पाउनुपर्ने आधारभुत सेवाहरुलाई व्यवस्थित गर्न सरकारलाई निर्देशन दिने भएको छ ।
समितिले स्वास्थ्य तथा जनसख्या संम्बन्धि नितिमा समाबेश गर्नु पर्नेमा जोड दिंदै स्वीकृत नभई सञ्चालनमा रहेका औषधी पसल लगायतका स्वास्थ्य सेवाप्रदायक संस्थाहरुलाई नेपालको संस्थाको नियम बमोजिम मात्र सञ्चालन गराउनुपर्नेमा जोड दिएको छ ।
मानिसको स्वास्थ्य सम्बन्धी आवश्यक भौतिक संरचनाहरुको विकास र विस्तारलाई विशेष सरकारको ध्यानाकर्षण गराउने समेत निर्णय गरेको छ । त्यस्तै नेपाल सरकारले लागु गरेको स्वास्थ्य विमा कार्यक्रमलाई सवै जिल्लाहरुमा सञ्चालन गर्नुपर्ने भन्दै यस अवधिमा भएका स्वास्थ्य विमा सम्बन्धी कामहरुको समिक्षा गरी नियमित गर्नुपर्नेमा जोड दिएको छ ।
कार्यक्रममा समितिका सदस्य मनाकुमारी जिसीले नीजि स्वास्थ्यहरुले निशुल्क सेवा प्रदान गर्दा आधारभुत तहका नागरिकलाई पहिलो प्रथामिकता दिनुपर्ने भन्दै औषधी वितरण तथा डाक्टरहरुको व्यवस्थापनलाई प्रभावकारी तथा जनमूखि बनाउनुपर्ने बताउनुभएको छ ।










प्रतिक्रिया दिनुहोस्