राजनीति

संसद भवन अगाडि प्रदर्शन गर्ने ३३ जना पक्राउ



काठमाण्डौ, ११ माघ । डाक्टर गोविन्द केसीको समर्थनमा संसद भवन अगाडि प्रदर्शन गर्ने ३३ जनालाई  प्रहरीले पक्राउ गरेका छन् ।

चिकित्सा शिक्षा विधेयक संशोधनको माग गर्दै प्रदर्शनमा रहेका ३३ जनालाई पक्राउ गरि नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखिएको छ ।

चिकित्सा शिक्षा विधेयक संशोधन र डाक्टर केसीसँग भएको सहमति कार्यान्वयनको माग गर्दै विवेकशील नेपालीका १८ र अरु स्वतस्फूर्त प्रदर्शनमा निस्किएका १५ जनालाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।