काठमाडौँ, १२ माघ । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले गिरिजा प्रसाद कोइराला तथा शुसिल कोइरालको नाममा स्थापना गरिएको अस्पताललाई स्वीकृति नदिनु नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राजनीतिक पूर्वाग्रह राखेको बताउनुभएको छ ।
किङ्ग कम स्पोर्टस् क्लबले आज यहाँ आयोजना गरेको ब्याटमिन्टन प्रतियोगिताको शुभारम्भ गर्दै उहाँले संसद् विपक्षीको पनि भएको भन्दै उहाँले संसदीय अभ्यास विपरीत चिकित्सा शिक्षा विद्येयक पारित गरेको बताउनुभएको छ ।
पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका नेता सिंहले संसदीय व्यवस्थाअनुसार सभामुखले निष्पक्ष रुपमा सबैलाई आफ्नो रायसुझाव राख्ने अवसर दिनुपर्ने बताउनुभयो । उहाँले वर्तमान सरकारको दुई तिहाइको दम्भका कारण संसद मुडभेडको स्थिती निम्त्याएको समेत आरोप लगाउनुभयो ।
उहाँले संसदमा सरकार तथा सभामुखले प्रतिपक्षिदललाई वेवास्था गर्नु नेपालको लोकतन्त्र तथा सार्वभौभमाथिको प्रहार भएको समेत बताउनुभयो । जवरजस्ती रुपमा विधेयक पारित गराउनु संसदिय अभ्यासलाई लत्याएको समेत आरोप लगाउनुभयो ।
उहाँले एघार सङ्घ संस्थालाई स्वीकृतिको लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाँदा गणतन्त्र स्थापना र संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने दुई पूर्वप्रधानमन्त्रीको नाममा स्थापित अस्पताललाई स्वीकृत नदिएर सरकारले ठूलो गल्ती गरेको बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्