समाचार

प्रजिअसहित कर्मचारी चढेको जीप दुर्घटना : सशस्त्रका एसपीको मृत्यु, चार घाइते



बारा, १३ माघ । प्रमुख जिल्ला अधिकारीसहित कर्मचारी चढेको जीप दुर्घटना हुँदा सशस्त्रका एसपी बलराम पोखरेलको ज्यान गएको छ भने प्रजिअ सहित चार जना घाइते भएका छन् ।

शनिबार राति कर्मचारी मिलन केन्द्र बाराले निजगढस्थित शहीद हिरालाल पार्कमा आयोजना गरेको वनभोज कार्यक्रमबाट फर्किएको ना १ झ १६३३ नम्बरको जीप पथलैया–निजगढ सडकखण्डको पसाहा पुल नजिक रोकिराखेको ट्याक्टरमा ठोक्किएर दुर्घटनामा परेको थियो ।

दुर्घटना हुँदा प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई, सशस्त्र प्रहरीका हवल्दार सञ्जयकुमार यादव, प्रहरी जवान शम्भु गुरुङ र चालक जगत पटेल घाइते भएका छन् । घाइते सबैको हेल्थ केयर अस्पताल विरगञ्जमा उपचार भइरहेको छ ।