काठमाडौँ, १३ माघ । सवारी दुर्घटनामा गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
ग्रान्डी अस्पतालका क्रिटिकल केयर स्पेसलिष्ट डा। अजय थापासहितको टोली आएर कैलास हेलिकप्टर सर्भिसेजको ९एन-एजेजे हेलिकप्टरबाट उनलाई काठमाडौं ल्याइएको हो ।
जिल्ला प्रशासन कार्यालय बाराको ना१झ १६३३ नम्बरको गाडी शनिबार बेलुका दुर्घटना हुदा सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेलको मृत्यु भएको थियो ।
वीरगञ्ज हेल्थ केयर अस्पतालले राति नै प्रजिअ भट्टराईको टाउकोको शल्यक्रिया गरी जमेको रगत निकालेको थियो । कर्मचारी मिलन केन्द्र बाराले आयोजना गरेको पिकनीकमा सहभागी भइ निजगढबाट र्फकने क्रममा पसाहा पुल नजिकै हाईवेमा दुर्घटना भएको थियो ।










प्रतिक्रिया दिनुहोस्