एजेन्सी, १३ माघ । फिलिपिन्समा दुईवटा बम विस्फोट हुँदा २० जनाभन्दा धेरैको मृत्यु भएको ।
बीबीसीका अनुसार बिहान पौने ९ बजे जोलो आइसल्याण्डमा रहेको एउटा चर्चमा प्राथना गरिरहेका बेला पहिलो विस्फोट भएको र केही समयपछि कार पार्किङमा अर्को विस्फोट भएको जनाएको छ ।
विस्फोटमा दर्जनौ घाइते भएका छन् । विस्फोटपछि त्यहाँको सुरक्षा व्यवस्था कडा गरिए पनि अहिलेसम्म विस्फोटको कारण पता लगाउन सकिरहेको छैन ।
प्रतिक्रिया दिनुहोस्