काठमाडौँ, १३ माघ । सरकारले तीन दिन सार्वजनिक बिदा दिने भएको छ ।
तामाङ समुदायको सांस्कृतिक पर्व ड्वाल्हो सोनाम ल्होसारको अवसरमा स्थानीय सरकारले ३ दिन बिदा दिने भएको हो ।
७० प्रतिशत तामाङ समुदायको बसोबास रहेको रोशी गाउँपालिकाले माघ २१, २२ र २३ गते सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा निर्णय गरेको उक्त गाउँपालिकाका अध्यक्ष दलबहादुर लामाले बताएका छन ।
त्यसै गरि चौँरीदेउराली गाउँपालिका तामाङ समुदायले धर्म, संस्कृति, संरक्षण र संवद्र्धन गर्नु सरकारको दायित्व रहेको जनाउँदै माघ २२ र २३ गते दुई दिन सार्वजनिक बिदा दिने भएको छ ।
तेमाल गाउँपालिकाले पनि सोनाम ल्होछारका अवसरमा माघ २१ देखि २३ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता ज्ञानबहादुर मोक्तानले जानकारी दिएका छन ।










प्रतिक्रिया दिनुहोस्