काठमाडौँ, १३ माघ । प्रमुख विपक्षी नेपाली कांग्रेसले आफ्नो विरोधकाबीच चिकित्सा शिक्षा विधेयक पारित गरेको तथा पार्टीका नेताद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको अस्पताल विघटन गर्न खोजेको भन्दै खबरदारी गर्दै देशभर सरकार विरुद्ध प्रदर्शन गर्ने भएको छ ।
केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले ७७ जिल्लामा माघ २१ गते विरोध प्रदर्श गर्ने निर्णय गरेको हो । बैठकले आमरण अनसनरत डा। गोविन्द केसीको जीवन रक्षाको पहल गर्न सरकारलाई आग्रह गरेको छ ।










प्रतिक्रिया दिनुहोस्