काठमाडौँ, १४ माघ । आइतबारको तुलनामा न्यूनतम् तापक्रम कम हुँदा आज बढी चिसो महसुस भएको छ भने बुधवारदेखि एक साता मौसम बदली भई हल्का वर्षा तथा हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
न्यूनतम् तापक्रम आइतबार ८ डिग्री सेल्सियस रहेकोमा सोमबार भने ३.५ डिग्री सेल्सियसमा झरेको छ । मङ्गलबारसम्म मौसममा केही सुधार देखिएपनि बुधबारदेखि पश्चिमी वायुको प्रभावले आज पहाडी भेगहरूमा आंशिक बदली रहने र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगका केही स्थानमा हल्का देखि मध्यम खालको हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ ।
राति भने देशभरि नै मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै बुधवार देशका पश्चिमी क्षेत्रमा आंशिक बदली रही हल्का वर्षा र हल्का देखि मध्यम खालको हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्