समाचार

अख्तियारका कर्मचारी अख्तियारकै फन्दामा



नेपालगञ्ज, १४ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी सहायक निरीक्षक ९असई० जन्मदेव जैसी अधिकारी अख्तियारकै फन्दामा परेका छन् ।

अख्तियारको क्षेत्रीय कार्यालय सुर्खेतमा कार्यरत असइ अधिकारीलाई अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले आइतवार साँझ नेपालगन्जबाट चार लाख घुस सहित रंगेहात पक्राउ गरेको हो ।

एकजना इन्जिनियरसँग पैसाको बार्गेनिङ गरेपछि उनीविरुद्ध अख्तियारको केन्द्रीय कार्यालयमा टेलिफोनबाट उजुरी परेको थियो । उजुरी लगत्तै काठमाडौंबाट खटिएको अख्तियारको विशेष टोलीले ती इन्जिनियरबाट लिएको घुससहित अधिकारीलाई पक्राउ गरी हिरासतमा लिइएको जनाइएको छ । प्रक्राउ परेका असईलाई काठमाडौं ल्याइदैछ ।