काठमाडौँ, १४ माघ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीले दिने सेवा नागरिकले अनुभूति गर्नसक्ने हुनुपर्नेमा जोड दिनुभएको छ ।
प्रहरी प्रधान कार्यालयले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रममा खटिने प्रहरी कर्मचारीका लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उहाँले समुदायको सहभागितामा समाजमा हुने अपराध रोक्न ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम आएको बताउनुभयो ।
महानिरीक्षक खनालले लागुऔषध, घरेलु हिंसा, बाल विवाह, लैङ्गिक सुरक्षाजस्ता सामाजिक अपराध प्रहरी एक्लैको प्रयासले नियन्त्रण गर्न नसकिने भएकाले यसमा नागरिकलाई समावेश गरेर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्दै आगामी दिनमा प्रहरीले दिने सेवा नागरिकले अनुभूति गर्नसक्ने खालको हुनुपर्नेमा जोड दिनुभयो ।
सोही अवसरमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत दुई हजार ३७१ कार्यक्रम सञ्चालन गरिसकेको जानकारी दिएको छ ।










प्रतिक्रिया दिनुहोस्