समाचार

बुधबारदेखि फेरि पानी पर्ने



काठमाडौँ, १५ माघ । पश्चिमी वायुको प्रभावका कारण बुधबारदेखि मौसममा थप बदली हुने र पानी पर्ने सम्भावना देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बदली हुने र पश्चिमी भेगमा यसको प्रभाव बढी हुने महाशाखाले जनाएको छ । बुधवार राति उच्च भूभागमा हिमपात तथा पहारी भूभागमा सामान्य वर्ष हुने विभागले जनाएको छ ।

काठमाण्डौ उपत्यकाको मंगलबार बिहानको न्यूनतम तापक्रम ३ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ । मंगलबार पनि देशको पश्चिम पहाडी भेगमा हल्का हिमपात हुने सम्भावना रहेको र अरु ठाउँको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।