भक्तपुर १७ माघ, राम चन्द्र प्रजापति । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश वस्नेतले भक्तपुर जिल्लालाई भ्रष्टाचार मुक्त जिल्ला बनाउन आगामी दिनमा काममा शुद्धता र शुसासन अभियान सञ्चालन गर्ने बताउनुभएको छ ।
मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालले बुधवार भक्तपुरमा आयोजना गरेको पारस्परिक जवाफदेहिताका साथ नागरिक समाज विषयक साझा सभामा बोल्दै सांसद बस्नेतले प्रत्येक सरकारी कार्यालय र भ्रष्टाचार बढी हुने कार्यालयलाई मध्यनजरगर्दै डेक्सनै राखेर भ्रष्टाचार बिरुद्धको अभियान संचालन गर्ने बताउनुभयो । भ्रष्टाचार संस्थागत हुंदा डरलाग्दो अवस्था आएको उल्लेखगर्दै बस्नेतले गलत मनोबिज्ञान हटाउन शिक्षाबाटै शुसासनको पाठ सिकाउनु पर्नेमा जोड दिनुभयो ।
पूर्वमन्त्री समेत रहनुभएका सांसद बस्नेतले भक्तपुरमा सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने क्रम बढेको बताउँदै गैरकानुनी रुपमा दर्ता भएका जग्गा फिर्ता गराएरै छाड्ने बताउँदै बस्नेतले यस्ता बेथिति र भ्रष्टाचार रोक्न नागरिक समाज चनाखो हुनुपर्नेमा जोड दिनुभयो । त्यस्ता कार्य रोक्ने र गएकालाई फर्काउने काममा आफूहरु लागि परेको बताउंनु भयो ।
सांसद बस्नेतले मनोहरा नदी उकासको नाममा ५८ रोपनी, हनुमन्तेमा विमली उपाध्यायको नाममा ६४ रोपनी जग्गा जग्गा दर्ता भएको उदाहरण प्रस्तुतगर्दै दक्षिण बाराहीको वन, बोडेको कमल पोखरी, सरस्वतीखेल बसपार्कको जग्गा, रानीकोटमा १३ रोपनी सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भएको खुलासा भएको बताउँनुभयो ।
उहाँले सरकार र नागरिकको सम्बन्ध आलोचनाको सम्बन्ध होइन प्रतिकारको सम्बन्ध होइन समन्वय र सहकार्यको सम्बन्धको भुमिका हुनुपर्ने बताउनु भयो । स्वास्थ, शिक्षा, कृषि र बिपद लगाएत धेरै विषयका क्षेत्र स्थानिय तहमा नै काम कर्तव्य र अधिकार क्षेत्रमा रहेको बताउनुभयो ।
त्यसैले नागरिकको अधिकार के कस्तो भनि अलमलमा परिरहन नपर्ने बताउँदै सांसद वस्नेतले कुनै पनि समाजिक संस्थाहरुले पैसा कमाउ भन्नेमा नलाग्न आग्रह गर्नुभयो । त्यस्तै उहहाँले भ्रष्टाचार विरुद्ध अभियान नागरिकले थाल्नु पर्ने, नगरिक समाज सचेत र चनाखो हुनुपर्ने बताउनुभयो । उहाँले राज्यको सबैभन्दा बढी लगानी शिक्षा र स्वास्थ्यमा रहेको जानकारी गराउँदै कृषिको सन्दर्भमा भक्तपुर जिल्ला तिब्र सहरीकरणको अवस्थामा बैकल्पिक कृषि गर्नुपर्नेमा नागरिकको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभएको छ ।
कार्यक्रममा मानव अधिकार सञ्जाल प्रतिष्ठानका नेपालका कपिल काफ्ले, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगाई), जिल्ला समन्वय समिति भक्तपुरका सदस्य गीता सुवेदी, नेपानको श्रोतव्यक्ति गोविन्दराज पौडेल, सुर्यविनायक वडा नं. २ का वडा अध्यक्ष एवं कार्यक्रमका सभापति कमलनाथ आचार्य लगायतले समाजलाई शुद्ध र शुसासन युक्त बनाउन नागरिक समाजको सक्रिय सहभागिता र सहयोग रहनुपर्नेमा जोड दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्