काठमाडौँ, १७ माघ । पश्चिमी वायुका कारण काठमाडौँ उपत्यकासहित देशका विभिन्न भूभागको मौसम बदली भएको तथा पश्चिममा पानी सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाण्डौ उपत्यकामा बिहीबार बिहानको काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस रहेको मौसमविभागले जनाएको छ ।
काठमाडौँ उपत्यकामा दिउँसो एकैछिन घाम लागेपनि फेरि बद्ली हुने सम्भावना रहेको मौसम विभागले जनाएको छ । विभागका अनुसार देशको धेरैजसो ठाउँको मौसम बदली भई पश्चिमका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्