समाचार

बुबाको काजकिरिया गर्दै तीन छोरी



झापा, १८ माघ । झापाको बिर्तामोड नगरपालिका–२ का देवि घिमिरेको निधनपछि उहाँका तीन छोरी बुबाको काजकिरियामा बसेका छन् । काजकिरिया तीन छोरी इञ्जु घिमिरे (प्रसाइ), विञ्जु घिमिरे (लुइँटेल) र सञ्जु घिमिरे (सङ्ग्रौला)ले गरिरहनुभएको छ ।

समाजको सोच र परम्परालाई बदल्दै तीन छोरी बुबाको काजकिरियालाई धार्मिक विधि अनुसार नै गरिरहेका छन् । छोरा नभए दाजुभाइ वा दाजुभाइका छोराले काजकिरिया गर्ने चलन छ । समयअनुसार पनि बदलिँदैछ । छोरा नहुने आमाबुबा मृत्युपछि स्वर्ग पुग्दैनन् भन्ने सोचलाई अहिले छोरीले तोड्न थालेका छन् ।