काठमाडौँ, १८ माघ । वर्तमान सरकारले एक पछि अर्को गर्दै विकास र समृद्धिको बाटोमा एक पछि अर्को गर्दै व्यापक रुपमा जनमूखि निर्णयहरु गर्दै जान थालेको छ ।
जसमा पछिल्लो समय सरकारले गरेका निर्णयहरु निम्नानुसार रहेका छन्,
१. नेपाल खाद्य संस्थान र नेशनल टे«डिङ लिमिटेडलाई मिलाएर आपूर्तिसम्बन्धी काम गर्ने व्यवस्थाका लागि उपयुक्त नामसहित छुट्टै कम्पनीमा रूपान्तरण गर्ने आवश्यक प्रक्रिया अघि बढाउन सैद्धान्तिक स्वीकृति दिइएको छ ।
२. ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ संघीय संसद्मा पेश गर्न स्वीकृति दिइएको छ ।
३. राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ संशोधन गर्ने निर्णय गरिएको छ ।
४. विगतका जनआन्दोलन, सशस्त्र द्वन्द्व र मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका नेपाली सेना ९१०१८०, नेपाल प्रहरी ९१४४८०, सशस्त्र प्रहरी बल नेपाल ९३१८० र राष्ट्रिय अनुसन्धान विभाग ९२३० का गरी जम्मा २८०७ जना राष्ट्रसेवकलाई शहीद घोषणा गरी सबैको नाम नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरिएको छ ।
५. पर्सा जिल्लाको ठोरी गाउँपालिका केन्द्र र बोगटान गाँउपालिकाको नाम परिर्वतन गरिएको छ ।
६. कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेश गर्न स्वीकृति दिइएको छ ।
७. सुरक्षण मुद्रण सम्बन्धी विधेयक तर्जुमा गर्न तयार पारिएको अवधारणापत्र स्वीकृत गरिएको छ ।
८. देहायबमोजिमका विकास समितिहरू संघअन्तर्गत यथावत रहने गरी कायम गरिएको छ–
क) जि.पी. कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र विकास समिति (गठन) आदेश, २०७० बमोजिम गठित जि.पी. कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र , दुलेगौंडा, तनहुँ ।
ख) सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समिति (गठन) आदेश, २०७३ बमोजिम गठित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, नेपालगञ्ज, बाँके ।










प्रतिक्रिया दिनुहोस्