राजनीति

धर्ना दिइरहेका १७ चिकित्सक पक्राउ



काठमाडौं, १८ माघ । डा. केसीको समर्थनमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा विरोध प्रदर्शन गरिरहेका १७ चिकित्सकहरुलाई  प्रहरीले पक्राउ गरेको छ ।

आज आकस्मिकबाहेकका सबै सेवा अवरुद्ध गरी विरोध प्रदर्शन गरिरहेको उनीहरुलाई पक्राउ गरि नेपाल पुलिस क्लब भृकुटीमण्डप लगिएको हो ।

प्रकाउ पर्ने‍मा रेजिडेन्ट डाक्टर एसोसियसनका अध्यक्ष डा. सुमित पान्डेसहित डाक्टरहरू बद्री अर्याल, विशाल अग्रवाल, अमित शर्मा, हेमन्त बास्तोला, सिद्धार्थ भन्डारी, उपमा श्रेष्ठ, कविता मानन्धर, राजन लामिछाने लगायत १७ जना रहेका छन्।

१६ औं चरणको अमरण अनसनमा बसेको २४ औं दिनपुग्दासम्म पनि सरकारले केसीका माग सम्बोधन गर्न कुनै पहल नगरेको भन्दै उनिहरुले  आनदेलनमा गरेको जनाएका छन ।