काठमाडौँ, १९ माघ । काठमाडौंको भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार राति ना१५ प ४१६३ नम्बरको मोटरसाइकल भद्रकाली मन्दिरको पर्खालमा ठोक्किँदा उक्त दुर्घटना हुन पुगेको हो । दुर्घटना अन्दाजी २९ वर्षीय युवकको मृत्यु भएको तर उनको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।
उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको र युवकको शव अहिले अस्पतालमै राखिएको छ।










प्रतिक्रिया दिनुहोस्