समाचार

गैंडाको आक्रमणबाट वृद्धको मृत्यु



नवलपुर, १९ माघ । नवलपुरको मध्यविन्दुमा गैंडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।

मध्यविन्दु नगरपालिका १२ तमासपुरका ८३ वर्षीय पदम बहादुर क्षेत्रीको गैंडाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

शुक्रबार दिउँसो भैंसी चराउन चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र नारायणी नदी किनारमा गएका क्षेत्री बेलुका अबेरसम्म पनि घर नफर्किएपछि खोजी गर्ने क्रममा मध्यविन्दुको करङघारी भन्ने स्थानको काँसघारीमा बेलुका ८ बजेतिर क्षेत्रीको शव फेला परेको प्रहरीले जनाएको छ ।