एजेन्सी, १९ माघ । बेलायत सरकारले चिसो र हिमपात बढेपछि १६ सय स्कुल बन्द गरिको छ ।
बेलायतले वेल्समा ५ सय, बर्कसायरका २ सय, विल्टसायरका २ सय ५०, कर्नवेलका १ सय ५०, समरसेटका २ सय ५० र बकिङघमसायरका ३ सय गरी १६ सय विद्यालय बन्द गरिएका हुन् ।
यस्तै, हिमपातका कारण ब्रिस्टोल एयरपोर्टमा १ सयभन्दा बढी उडान रद्ध गरिएका छन् भने दक्षिणी क्षेत्रका कयौं स्थानमा विद्युत आपूर्ति अवरुद्ध भएको छ ।
प्रतिक्रिया दिनुहोस्