राजनीति

गुण्डागर्दीको राजनीतिमा नेविसंघ : पोखरा महानगरपालिकाको गाडीमा आगजनी



पोखरा, १९ माघ । प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ आउनै लागेको स्ववियु चुनामा हार्ने डरका कारण ध्वंससात्मक राजनीतिमा लागेको छ ।

नेविसंघले आज पोखरा महानगरपालिका वडा नम्बर ७ मासबारमा रहेको घरेलु कार्यालय नजिक पोखरा महानगरपालिकाको बा १ झ ५८७९ नम्बरको गाडी जलाएको छ ।

शनिबारको बिहानै उक्त गाडी पोखरा महानगरपालिकाका शिक्षा विभाग प्रमुख हेमप्रसाद आचार्यलाई लिन उहाँको डेरा मासबार गएको थियो । गाडीमा रहेका व्यक्तिहरुलाई झारेर विद्यार्थीहरुले आगो लगाएका थिए । दमकलले आगो निभाएको भए पनि गाडी जलेर काम नलाग्ने अवस्थामा छ । आगो लगाउने विद्यार्थीहरु मोटरसाइकल चढेर भागेका प्रत्यक्षदर्शीले बताएका छन् ।