समाचार

दुई दिन सार्वजनिक बिदा



काठमाडौँ, २० माघ । तामाङ समुदायको सांस्कृतिक पर्व ड्वा ल्हो सोनाम ल्होछारका लागि सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिने भएको छ ।

सोनाम ल्होछार मान्न यही माघ २२ र २३ गते सार्वजनिक बिदा दिने भएको हो । दुई दिन गाउँपालिका भित्र रहेका सरकारी कार्यालयहरु, विद्यालयहरु, बैंक, वित्तीय संस्था लगाएतका सबै निकायलाई बिदा दिइएको छ ।