महाेत्तरी, २० माघ । मालपोत कार्यालय महोत्तरीका नायब सुब्बा १० हजार घुससहित पक्राउ परेका छन् ।
शनिवार दिउँसो महोत्तरीको गौशाला नगरपालिका १ रामनगरबाट ढकबहादुर कार्कीलाई सेवाग्राहीबाट लिएको १० हजार घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले पक्राउ गरेको हो ।
नासु कार्कीले अप्ताली जग्गा नामसारीका लागि मुचुल्का तयार गर्न बापत सेवाग्राहीबाट १० हजार रुपैयाँ लिदै गर्दा पक्राउ गरेको अनुसन्धान आयोग बर्दिवासले जनाएको छ ।
नासु कार्कीलाई भ्रष्टाचार निवारण ऐन अन्तर्गत कार्वाही प्रक्रिया अगाडि बढाउने जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्