काठमाडौँ, २० माघ । महानगरीय प्रहरी प्रभाग साँखु र प्रहरी चौकी नाङ्लेभारेले काठमाडौँ चापकोबोटबाट रु ८१ हजार ८०० सहित बाह्र जुवाडे पक्राउ गरेको छ ।
शनिबार साँझ शङ्खरापुर नगरपालिका–१ चापकोबोटस्थित कृष्णबहादुर थिङको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोलीले पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग साँखुले जनाएको छ ।
पक्राउ पर्नेमा काठमाडौँ शङ्खरापुर–१ बस्ने खड्कबहादुर भुजेल, सोही ठाउँका सीताराम रिमाल, बखान तामाङ, बुदे लामा,हेमबहादुर वास्तकोटीलगायत बाह्र जना रहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्