समाचार

बोर्डकी अध्यक्ष निकिताद्वारा राजीनामा



काठमाडौं, २३ माघ । चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले राजीनामा दिएकी छन् ।

अध्यक्ष पौडेलले विज्ञप्तिमार्फत राजीनामाको घोषणा गरेकी हुन् । उनले निजी जीवनमा व्यस्त हुनुपर्ने भन्दै राजीनामा दिएकी छीन ।

आइतबार मन्त्रालयले आर्थिक वर्ष २०७५र७६ को बजेट कार्यन्वयनसम्बन्धी चौमासिक समीक्षा बैठक राखेको थियो । उक्त बैठकमा मन्त्रालय अन्तर्गत अन्य सबै संस्थान,बोर्ड र निकायका प्रमुखहरु सहभागी थिए भने विकास बोर्डकी अध्यक्ष पौडेल थिइनन् ।

उक्त बैठकमा अनुपस्थित भएको भन्दै मन्त्रालयले स्पष्टिकरण सोधेको थियो । तर अध्यक्ष पौडेलले मन्त्रालयको स्पष्टिकरण पत्र आफूले नपाएको बताइन् ।

उनले हालै सञ्चारकर्मी रवि लामिछानेसँग कोर्ट म्यारिज गरेकी छन् ।