Banner News

जनताको घर आँगनमा पुग्दै राष्ट्रपति भण्डारी : पर्यटन प्रवर्धनमा जोड



काठमाडौँ, २५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी पर्यटन प्रवद्र्धनलाई विकास गर्ने लक्ष्यका साथ दुईदिने जिल्ला भ्रमण तय भएको छ ।

दुई दिने कार्यक्रममा शुक्रबार काठमाडौंबाट बिराटनगर विमानस्थलमा ओर्लेपछि राष्ट्रपति भण्डारी हेलिकोप्टरबाटै मोरङका दुईवटा विद्यालयको रजत जयन्तीमा सहभागी हुन जाने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारी शुक्रबार मोरङको रमाइलोझोडामा अवस्थित जनसेवा माविको रजत जयन्तीमा सहभागी हुने कार्यक्रम छ ।

जनसेवाको कार्यक्रम सकेर राष्ट्रपति भण्डारी आजै उर्लाबारी नगरपालिकामा अवस्थित राधिका माविको रजत जयन्तीमा सहभागी हुने कार्यक्रम रहेको छ । उर्लाबारीको राधिका मावि राष्ट्रपति भण्डारीले आफैं पढेको विद्यालय हो ।

राष्ट्रपति भण्डारी सुनसरीको चतराधाममा आयोजना हुन लागेको महायज्ञमा सहभागी हुन कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारी शनिबार सुनसरीको बराहक्षेत्र जाने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीले शनिबार बिहान सुनसरीको बेलका नगरपालिका अन्तरगत कोशी नदीकोवीचमा रहेको वस्तीको समेत निरीक्षण गर्ने कार्यक्रम रहेको बताइएको छ । कोशी नदीमा रहेको सो टापुलाई ‘श्रीलंका टापु’ को नामले चिन्ने गरिएको छ ।

त्यहाँ प्रदेश सरकारले पर्यटनसम्बन्धी योजना प्रस्तुत गर्न लागेको मुख्यमन्त्रीको सचिवाललय जानकारी दिएको छ । श्रीलंका टापुको भ्रमणपछि राष्ट्रपतिले शनिबार नै बराहक्षेत्र चतराधाममा तारकब्रह्म महायज्ञको उदघाटन गर्ने कार्यक्रम छ ।