ललितपुर, २६ माघ । ललितपुरको महालक्ष्मीस्थानमा गाडीले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ललितपुर ढोलाहिटीका अन्दाजी ४० वर्षीय रुपक खरेल रहेका छन । गएराती ११ बजेतिर उनलाई बाटो हिंडिरहेका बेलामा ठक्कर
दिएको थियो । घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने गाडी र चालकको भने पहिचान हुन नसकेको र खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्