सुनसरी, २७ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ जीवन, समृद्ध नेपाल र सुखी नेपालीको आधार रहेको बताएकी छन ।
सुनसरीको चतरामा शनिबारदेखि सुरु भएको तारक ब्रह्मा महायज्ञको शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले ‘मनुष्यले गर्ने व्यवहार, आचरण, अनुशासन पालन र स्वच्छ भोजनले जीवन निरोगी रहने बताउदै, स्वच्छ जीवन, समृद्ध नेपाल र सुखी नेपालीको आधार रहेको बताएकी छन ।
राष्ट्रपति भण्डारीले कोशी, अरुण र तमोर जस्ता नदीहरु बग्ने सुनसरीको बराह तथा चतरा धाममा पर्यटन विकासको ठूलो संभावना रहेको बताउदै उनले भनिन, ‘विश्वको सर्वाेच्च शिखर सगरमाथा र त्यसैको फेदीमा रहेको कोशी, अरुण र तमोरजस्ता नदीहरु बग्ने यस क्षेत्रमा पर्यटन विकासको ठूलो संभावना छ । ‘प्राकृतिक सम्पदाहरुको समुचित उपयोगबाट मुलुकको आर्थिक उन्नतिसँगै युवा रोजगारको क्षेत्रमा योगदान पुर्याउने पक्षमा सबैको ध्यान जानु आवश्यक छ ।’
प्रकृतिको रक्षा भए मात्र जलवायु संरक्षित र सन्तुलित रहने भन्दै राष्ट्रपति भण्डारीले पर्यावरण स्वच्छ रह्यो भने प्रकृति स्वच्छ रहने विचार व्यक्त गरेकी छन ।










प्रतिक्रिया दिनुहोस्