Banner News

प्रधानमन्त्रीद्वारा नागरिकमा निराशा फैल्याउने काम भैरहेकोले सचेत रहन आग्रह



काठमाण्डौ, २८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकमा निराशा फैल्याउने स्वार्थी तत्वहरुले प्रयास गरिरहेकाले सचेत रहन आग्रह गरेका छन ।

सोमबार गृह मन्त्रालयमा आयोजित प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले देशलाई अन्धकार युगमा राखिरहने प्रयास अझै पनि भैरहेको भन्दै त्यस्ता प्रवृत्तिविरुद्ध लड्न सबैलाई आह्वान समेत गरेका छन ।

उनले नागरिकको अपेक्षा अनुसार काम गर्ने आधार तय भैरहेका बेला उनीहरुलाई निराश बनाउने अनुचित र अनुपयुक्त प्रयास भैरहेको भन्दै सबैलाई सचेत रहन आग्रह पनि गरेका छन ।

साथै प्रधानमन्त्री ओलीले नेपालमा वैदेशिक लगानी भित्रन नदिन चैत दोस्रो साता आयोजना हुन गइरहेको ‘नेपाल लगानी सम्मेलन’ भाँड्ने तत्वहरु पनि सक्रिय भैरहेको दाबी गरिका छन ।

प्रधानमन्त्री ओलीले केही दिनअघि अरुण तेस्रो जलविद्युत आयोजनाको मेसिन जलाउने लगायतका गतिविधि भएको भन्दै सैहृय नहुने चेतावनी समेत दिएका छन ।