काठमाडौँ, २८ माघ । काठमाडौँको सिनामङ्गलमा बसको ठक्करबाट पैदलयात्रुको ज्यान गएको छ ।
आज बिहान ६ बजेतिर बा ३ ख ७० ५७ नम्बरको बसले ठक्कर दिँदा सोलुखुम्बु घर भई सिनामङगल बस्दै आएका पदमबहादुर कार्कीको ज्यान गएको हो ।
ठक्करबाट घाइते भएपछि काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचारका क्रममा उहाँको ज्यान गएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्