समाचार

इनामेल फ्याक्ट्रीमा भीषण आगलागी



ललितपुर, २८ माघ । ललितपुर नख्खुको इनामेल फ्याक्ट्रीमा आगलागी भएको छ ।

सोमवार दिउँसो १ बजेर १० मिनेटमा लागेको आगो अहिलेसम्म आगलागी नियन्त्रणमा आउन सकेको छैन ।

नियन्त्रणमा लागि ललितपुरबाट २ वटा दमकल पठाइएको छ भने काठमाडौंबाट पनि दमकल मगाइएको प्रहरीले जनाएको छ ।

उक्त घटनाबाट क्षतिको विवरण आउन बाँकी  रहेको छ ।