काठमाडौँ, २९ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का द्वय संगठन अनेरास्ववियु तथा अनेरास्ववियु (क्रान्तिकारी)ले स्ववियु निर्वाचनको कार्यतालिका अविलम्ब सार्वजनिक नगरे कठोर कदम चाल्ने चेतावनी दिएका छन् ।
सोमबार दुई संगठनले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते स्ववियु निर्वाचन गराउन मिति तय गरे पनि विश्वविद्यालयको प्रशासनले निर्वाचनको कार्यतालिका प्रकाशन गर्न ढिलाई गरेको भन्दै आपत्ति जनाएका छन् ।
विज्ञपतीमा कार्यतालिका प्रकाशित गरी द्रुत गतिमा स्ववियु निर्वाचन प्रकृया अघि नबढाएमा विश्वविद्यालयका पदाधिकारीको औचित्य समेत नरहने बताएका छन् ।











प्रतिक्रिया दिनुहोस्