भक्तपुर, २९ माघ । स्वच्छ, सुन्दर, हराभर भक्तपुर बनाउने उद्देश्यका साथ शुरु गरिएको हनुमन्ते नदीको ५१औं हप्ता विशेष प्रकारले मनाइने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिभिसभाका सांसद महेश बस्नेतको विशेष पहलमा शुरु भएको नदीको सफाई अभियानको क्रममा ५१औं हप्ताको अवसमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा भक्तपुरको सल्लाघारीमा झण्डोत्तोलन गरी मनाइने भएको छ ।
फाल्गुन ४ गते बिहान ७ बजे स्थान, मध्यपुर अस्पताल दक्षिण हनुमन्ते पुलमा राष्ट्रिय धावक वैकुण्ठ मानन्धरको समेत सहभागितामा वाकाथुन सहित झण्डोत्तोलन विशेष कार्यक्रम सम्पन्न हुने भएको हो ।
सरकारको सफाई अभियानकै मार्गदर्शकको रुपमा रहेको भक्तपुरको हनुमन्ते नदीको सफाई अभियान एउटा उदाहरणिय मात्र नभई एक आपसमा स्थानीय जनतासँग प्रतिनिधिससँगको र सहकार्यको महत्वपूर्ण पक्षको रुपमा लिइएको छ ।
अभियानमा को जनता, को जनप्रतिनिधि ? भनेर छुट्याउन सक्ने स्थिती देखिदैन । जनतासँगै प्रत्यक्ष रुपमा कुचो लिएर जनप्रतिनिधि सहभागि हुनु नै नेपालको उदाहरणिय पक्षको रहेको छ हनुमन्ते नदीको सफाई अभियान ।










प्रतिक्रिया दिनुहोस्