समाचार

खानेपानी ट्याङ्कीका ठेकदार मृत अबस्थामा फेला



ललितपुर, १ फागुन । ललितपुरको ढोलाहिटीमा मेलम्ची खानेपानीको ट्याङ्कीका ठेकदार मृत फेला परेका छन् ।

मंगलबार बिहान भारतको बेतिया मतुवाच घर भइ हाल ललितपुर बस्दै आएका ४९ वर्षीय ईश्वर महतो मृत भेटिएका हुन् ।

प्रहरीका अनुसार महतो पानी नभएको नयाँ रिजर्ब ट्यांकीभित्र मृत भेटिएका थिए । मृतकको परिवार नआएकाले पोष्टमार्टमका लागि नपठाइएको साथै महतोको आफन्त वीरगञ्जबाट आउँदै गरेको जनाएको छ ।

ट्याङ्की करिब १५र२० फिट गहिरो रहेको छ । उक्त ट्यांकीमा उनी खस्नु भवितव्य हो या नियोजित बन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । मृत्युको कारणबारे भने पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा हुने प्रहरीले जनाएको छ ।