Banner News

‘कन्फ्युजन र भ्रम’ छाडेर गोलबद्ध हुन अध्यक्ष प्रचण्डको आहृवान



काठमाडौं, १ फागुन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘कन्फ्युजन र भ्रम’ छाडेर गोलबद्ध हुन सबै कम्युनिस्ट घटकहरुलाई आहृवान गरेका छन् ।

बुधबार पार्टी कार्यालय धुम्बाराहीमा जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले ‘कन्फ्युजन र भ्रम’ छाडेर गोलबद्ध हुन सबै कम्युनिस्ट घटकहरुलाई आहृवान गर्दै उनले भने, प्रमुख विपक्षी कांग्रेसलाई विकास र समृद्धिको यात्रामा एक भएर अगाडि बढ्न आहृवान समेत गरेका छन् ।

उनले नेपालका कम्युनिस्टहरुले संसारलाई नै आश्चर्य पार्ने काम गरिरहेको बताउदै भने, ‘नेपालमा के हुँदैछ भनेर सांसरले तिखो आँखाले हेर्नुपर्ने र कान खोलेर सुन्नुपर्ने भएको छ ।’

अध्यक्ष प्रचण्डले दुबैको समझदारीबाट देशभर कार्यक्रम तय गरिएको भन्दै उनले भने, ‘यसअर्थमा हामीभित्र नयाँ एकताको आधार बनाएको छ ।’