एजेंसी, १ फागुन । भेनेजुएलाका राष्ट्रपति निकोलस माधुरोले अमेरिकाले आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेका छन् ।
राजधानी कराकसमा नेता खुआन गोइदो र माधुरोको विरोधमा हजारौंले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले माधुरोलाई सत्ता छाड्न र अन्तर्राष्ट्रिय सहयोग स्वीकार गर्न आग्रह गरेका छन् ।
विपक्षी नेता गोइदोले दर्शनलाई सम्बोधन गर्दै उनले माधुरोले राष्ट्रपति पद नत्यागेसम्म आन्दोलन जारी रहने बताएका छन् । जनवरी महिनाको शुरुवातमा निकोलस माधुरोले राष्ट्रपतिको रुपमा दोस्रो कार्यकालको शपथ ग्रहण गरेका थिए ।
राष्ट्रपति माधुरोले बीबीसीसग अन्तर्वार्तामा भनेका छन्, भेनेजुएलाको समस्या अरु देशको जस्तै हो । यदि तपाईं साँच्चै मद्दत गर्न चाहानुहुन्छ भने तपाईंले शान्तिलाई समर्थन गर्नुपर्छ । भेनेजुएलामा हस्तक्षेप नगर्न अमेरिकालाई भन्नुस् ।’
साथै उनले भनेका छन, ‘म विश्वभरका जनतालाई आफ्नो आँखा खोल्न र जागरुक हुन आग्रह गर्दछु, हेर्नुस् त एक शान्तिपूर्ण देशमा कसरी आक्रमण भइरहेको छ ।’
प्रतिक्रिया दिनुहोस्