काठमाण्डौ, २ फागुन । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ विदेशमा रहेका नेपाली श्रमिकलाई स्वदेशमै फर्काउने सरकारको अभियान रहेको बताएका छन ।
बुधबार प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सम्बोधन गर्दै विदेशमा रहेका नेपाली श्रमिकलाई स्वदेशमै फर्काउने सरकारको अभियान रहेको बताउँदै, उनले भने श्रम शक्तिको अभावमा गाउँघरका घेतबारी बाँझै छ । कयौँ स्थानमा श्रमिकको अभाव छ । हाम्रा युवाहरुलाई स्वदेशमा नै रोजगार दिने गरी काम गर्ने नीति नभएको र श्रमलाई सम्मान गर्ने व्यवस्था नहुँदा यस्तो अवस्था आएको हो ।’
मन्त्री विष्टले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ सित्तैमा पैसा बाँड्ने कार्यक्रम हुने हो कि भन्ने संशय बाहिर रहेको भन्दै उनले त्यस्तो संशय नराख्न आग्रह गरेका छन । रोजगारी प्राप्त गर्न नसकेको अवस्थामा मात्रै यो सुविधा पाइने साथै बिनाकाम सबै बेरोजगारलाई भत्ता बाँड्न नहुने बताउँदै सरकार, निजी र सहकारीको सहकार्यमा मात्रै बेरोजगारी समस्याको अन्त्य हुने बताए ।
उनले मरुभूमिलाई हरियालीमा बदल्ने नेपाली युवाहरुको पौरखी हात मातृभूमिको विकासमा उपयोग हुनेमा विश्वास व्यक्त गरेका छन ।










प्रतिक्रिया दिनुहोस्