समाचार

गुण्डुमा शुक्रबार बृहत घुम्ती सेवा तथा स्वास्थ्य शिविर हुने



भक्तपुर, २ फागुन । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ७ मा शुक्रवार बृहत घुम्ती सेवा तथा स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

गत माघ २५ गते हुने भनिएको उक्त शिविर तथा सांस्कृतिक कार्यक्रम मौसम प्रतिकुलताका कारण स्थगित भएको थियो ।

नगरपालिका, जनप्रतिनिधि, नेपाली सेना, प्रहरी लगायतको सहयोगमा हुने उक्त शिविरमा निशुल्क रुपमा जेष्ठ नागरिक, दलित, अपाङ्गता भएका व्यक्ति तथा अन्य सम्पूर्ण नागरिकको स्वास्थ्य परिक्षण हुने भएको हो ।

सूर्यविनायक नगरपालिकाको वडा नं. ७ को वडा कार्यालयमा उक्त शिविर सञ्चालन हुने भएको हो । उक्त शिविरमा नागरिकले सरकारबाट पाउने सेवा सुविधा, निशुल्क पाउने औषधी लगायतका बारेमा जनचेतनामूलक कार्य गर्दै उक्त शिविर सञ्चालन गरिने भएको छ ।

शिविरले स्वास्थ्य सेवाबाट बञ्चित भएकालाई आफ्नो समुदायमा नै सेवा दिई मानिसको स्वस्थ रुपमा बाच्न पाउने अधिकारलाई स्थापित गराइने भएको हो ।