राजनीति

राष्ट्रियसभा नियमावली संशोधन समितिको म्याद थपियो



काठमाडौं, २ फागुन । राष्ट्रियसभा नियमावली संशोधन मस्यौदा समितिको म्याद थपिएको छ ।

बिहिबार समितिका सभापति परशुराममेघी गुरुङले पेश गरेको म्याद थपसम्बन्धी प्रस्ताव बैठकले पारित गरेपछि १५ दिन म्याद थप भएको हो ।

राष्ट्रियसभाको अर्को बैठक शुक्रबार अपरान्ह चार बजेका लागि बोलाइएको छ ।

राष्ट्रियसभा बैठकद्वारा गठित समितिमा सभापति गुरुङ, जितेन्द्रनारायण देव, जीवन बुढा, दिलकुमारी रावल थापा पार्वती, रामनारायण विडारी, विद्यादेवी आले राना, वृषेशचन्द्र लाल, प्रमिला कुमारी र शेरबहादुर कुँवर सदस्य रहेका छन् ।