काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरेका छन ।
बिहीबार एकान्तकुनामा स्थापना गरिएको कार्यालय प्रधानमन्त्री ओलीले बिशेस समारोहका बीच उद्घाटन गरेका हुन् ।
कार्यालयमा १६ जना प्राविधिक कर्मचारीहरुको दरबन्दी रहेको छ भने सोही कार्यालयले पानी जहाज सञ्चालन सम्बन्धी काम अघि बढाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले गत वर्ष फागुनमा भारत भ्रमणबाट फर्किएलगत्तै यातायात र उद्योग मन्त्रालयका अधिकारीसँग पानीजहाज सञ्चालनबारे छलफल गरेका थिए । सो छलफलमा उनले पानीजहाज सञ्चालनसम्बन्धी विस्तृत योजना बनाउन निर्देशन दिएका थिए ।
आज पानीजहाज कार्यालय स्थापना गरे पनि २०७७ चैत मसान्तसम्म कार्यदल बनाएर नेपाल जलयातायात प्राधिकरण स्थापना गर्ने, जलयातायात प्राधिकरण ऐन र नियमावली तर्जुमा गर्ने कार्ययोजना बनाइको छ ।










प्रतिक्रिया दिनुहोस्