Banner News

मन्त्री पोख्रेलद्वारा सबै राजनीतिक दललाई विकास, निर्माणमा प्रतिस्पर्धा गरेर अघि बढ्न आहृवान



काठमाडौं, ३ माघ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सबै राजनीतिक दलहरुलाई विकास, निर्माणको काममा प्रतिस्पर्धा गरेर अघि बढ्न आहृवान गरेका छन ।

शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘बृहत कर्णाली प्रर्दशनी’को उद्घाटन गर्दै उनले संवैधानिक व्यवस्था अनुसार कानून र संरचना तयार हुनेवित्तिकै सरकारको कामले तीव्रता पाउने प्रष्ट पार्दै सबै राजनीतिक दलहरुलाई प्रतिस्पर्धा गरेर अघि बढ्न आहृवान गरेका हुन ।

संघीयता अनुकुलको कानून र संरचना निर्माणमा केन्द्रित हुनु परेकाले सरकारको कामले गति लिन नसकेको दावी गर्दै उनले कर्णाली प्रदेशलाई ‘सुन सिरानी हालेर नुनको खोजी गरिरहेको’ प्रदेशको रुपमा चित्रण गर्दै अव त्यहाँको विकासमा सबै राजनीतिक दलहरुले प्रतिस्पर्धा गरेर अघि बढनुपर्ने आवश्यक्ता रहेको बताएका छन ।

बृहत कर्णाली प्रर्दशनीमा कर्णालीका बहुमूल्य जडिबुटीहरु, मार्सी धानको चामल, लोक्ताको कपडा, स्याउ, सिमीलगायतका बस्तुहरु राखिएका छन् ।