समाचार

डीपीएल क्रिकेट अन्तर्गत आज दुई खेल हुँदै



धनगढी, ४ फागुन । धनगढीमा जारी तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) अन्तर्गत  दुई खेल हुँदैछ ।

फाप्ला क्रिकेट मैदानमा शनिबार बिहान ९ हुने पहिलो खेलमा विराटनगर किंग्सले काठमाडौं गोल्डेन्ससँग प्रतिस्पर्धा गर्दैछ ।

यस्तै शनिबार हुने दोस्रो खेलमा धनगढी स्टार्सले महेन्द्रनगर युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ । सोमपाल कामीको धनगढी र शरद भेषवाकरको महेन्द्रनगरबीच दिउँसो १ बजे सुरु हुनेछ ।

बर्षाको कारणमा मैदानमा पानी जमेपछि शनिबार हुने काठमाडौं र विराटनगरबीचको पहिलो खेल हुने सम्भावना न्यून रहेको छ ।