समाचार

पिकनिक मनाइरहेका ६ विद्यार्थी चट्याङ लागी घाईते



भक्तपुर, ४ फागुन । भक्तपुरको घ्याम्फेडाँडामा पिकनिक मनाइरहेका  ६ जना चट्याङ लागी घाईते भएका छन् ।

शनिबार दिउँसो २ बजे सुर्यबिनायक नगरपालिका–७ घ्याम्फेडाँडामा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका विद्यार्थीहरु पिकनिक मनाइरहेका बेला चट्याङ लागी ६ जना घाईते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा कीर्तिपुर बस्ने २५ वर्षीय रबि पाण्डे, २५ वर्षीय जिवन भण्डारी, २४ वर्षीय कमल पाण्डे, २५ वर्षीय सत्तेनन्द गुप्ता,  विश्वविद्यालयमा गार्ड गर्ने ५७ वर्षीय ललित गुरुङ र विश्वविद्यालयको क्यान्टिनमा काम गर्ने २९ वर्षीया सिता खड्का रहेको प्रहरीले बताएको छ ।

घाइतेहरुको ईवामुरा अस्पताल सल्लाघारीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।