राजनीति

यो वर्षको समीक्षा गर्दै आगामी वर्षका नीति तथा कार्यक्रम ल्याउनु पर्छ : सभामुख महरा



विराटनगर, ४ फागुन । सभामुख कृष्णबहादुर महराले सरकारले यो वर्षलाई समिक्षा गर्दै आगामी वर्षका नीति तथा कार्यक्रमहरु ल्याउनुपर्ने बताउनुभएको छ ।

शनिवार विराटनगरमा सञ्चारकमीसंग सभामुख महराले सरकारको गन्तव्य सही दिशामा गएपनि केही कमी कमजोरी देखिएकाले सच्याएर अघि बढ्नुपर्ने औंल्याउनुभयो । उहाँले प्रतिनिधि सभाबाट संविधानसँग बाझिएका कानुनहरु संशोधन गरिरहेको र सरकारले प्रतिनिधि सभालाई बिजिनेश दिईरहेको जानकारी दिनुभयो ।

उहाँले संघीयता कार्यान्वयनका लागि आवश्यक पर्ने कानुनहरु यसै अधिवेशनबाट संशोधन गर्ने बताउदै अत्यावश्यक बाहेकका कानुनहरु अर्को अधिवेशनबाट संशोधन र निर्माण गरिने पनि प्रष्ट पार्नुभयो ।