काठमाडौँ, ४ फागुन । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरी टोलीले नागढुङ्गामा आज गरेको छुट्टाछुट्टै चेकजाँचका क्रममा लागुऔषधसहित ललितपुरका साजन थापा र विनोद खड्गी तथा काठमाडौँका सुन्दर खड्कालाई पक्राउ गरेको हो । वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना५ख २९७ नं.को यात्रुवाहक बसमा थापा र खड्गी तथा हेटौँडाबाट काठमाडौँ आउँदै गरेको ना४ख ७४३५ नं.को बसबाट खड्कालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
थापा र खड्गीसँग तीन ग्राम खैरो हिरोइन र ३७ ट्याब्लेट नाइट्राभेट तथा खड्कासँग १७ एम्पुल नुर्फिन, १७ एम्पुल फेनार्गन र १७ एम्पुल डाइजेल्याब बरामद गरेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्