समाचार

अस्पताल नजिकै गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु



काठमाडौँ, ५ फागुन । काठमाडौँको मिनभवनमा गाडीको ठक्करबाट पैदल यात्रुको ज्यान गएको छ ।

शनिबार राति ११ बजेतिर गाडीले ठक्कर दिँदा २५–२६ वर्षका युवकको ज्यान गएको तर मृतकको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी ठक्कर दिने गाडी फरार रहेको साथै खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।