समाचार

ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु



हेटौंडा, ५ फागुन । मकवानपुरमा रोकि राखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

शनिबार बेलुकी सवा ८ बजे मनहरी गाउँपालिका ६ नयाँबस्तीमा रोकि राखेको ना ६ त ८०४ नम्बरको ट्याक्टरमा ना ११ प ४३८ नम्बरको मोटरसाइकल ठोक्किँदा सोही गाउँपालिकाका १९ वर्षीय विशाल मोक्तानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक मोक्तानको चितवनम मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा गएराती सवा ९ बजे मृत्यु भएका प्रहरीले जनाएको छ ।