काठमाण्डौँ, ७ फागुन । काँडाघारी टोल सेवा समाजको १३ औं साधारण सभाले डोलनाथ पोखरेलकोे अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।
समाजको उपाध्यक्षमा भागरथी पन्त (सेढाई),सचिवमा केशवराज आचार्य र कोषाध्यक्षमा रबिन्द्र ढुंगाना छन भने सदस्यहरुमा किशोर बस्नेत, धु्रवराम कार्की, बिष्णुहरि सापकोटा, सीता पौडेल, अम्विका तिमिल्सिना, सुशिला रानामगर र भुमिका न्यौपाने चयन भएका छन ।
साधारणसभा उद्घाटन गर्दै कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले नगर क्षेत्रमा सडक, ढल तथा खानेपानी व्यवस्था गर्ने , शिक्षा र स्वास्थ्यमा पहुँच, प्रत्येक टोलमा सीसी क्यामरा जडान गर्ने, सडक बत्तीको व्यवस्था गर्ने नगरपालिकाको योजना रहेको बताए । सामाजिक कार्य र विकास निमार्णमा प्रत्यक्ष रुपमा जनसहभागिता हुनुपर्नेमा पनि नगरप्रमुख थापाले जोड दिए ।
काँडाघारी टोलको वातावरण जोगाउने तथा सरसफाई अभियानमा उत्कृष्ट कार्य गर्ने ५ जनामध्ये गोला प्रथाबाट विजेता शोभाकर आर्चायलाई नगद पुरस्कारले सम्मान गरियो भने सडक विस्तारमा योगदान गरेवापत भिम श्रेष्ठ र सामुदायिक भवनमा खानेपानीको ट्याङ्गकी राख्न नगद सहयोग गर्ने भिमसेन बस्नेतलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्