समाचार

डीभी परेका पराजुली नक्कली सर्टिफिकेट पेश गर्दा पक्राउ



काठमाडौं, ७ फागुन । चितवन भरतपुर महानगरपालिका–५, विकास चोकका २६ वर्षीय निखिल पराजुली नक्कली प्रमाण पत्र पेश गरेको आरोपमा पक्राउ परेका छन ।

काठमाडौंस्थित अमेरिकी दूतावासमा अमेरिका जाने लोभमा नक्कली प्रमाण पत्र पेश गरेका उनलाई मंगलबार महाराजगञ्जबाट पक्राउ गरको प्रहरीले जनाएको छ ।

पराजुलीको अमेरिका जान डाइभर्सिटी भिसा (डीभी) परेको थियो । अमेरिका जान कक्षा १२ को शैक्षिक प्रमाण पत्र चाहिन्थ्यो । जुन पराजुलीसँग थिएन । त्यसैले उनले नक्कली प्रमाण पत्र बनाइ अमेरिकी दूतावासमा बझाएका थिए ।

दूतावासका अधिकारीहरुले चेकजाँच गर्ने क्रममा उनको सर्टिफिकेट शंकास्पद देखेपछि उनीहरुले प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखामा उजुरी दिएका थिए ।

उजुरीपछि अनुसन्धान थालेका प्रहरीले पराजुलीलाई पक्राउ गरि उनलाई महानगरीय प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखीएको छ ।

जिल्ला अदालत, काठमाडौंबाट म्याद लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।